संसद् प्रधानमन्त्रीका कारण बन्द भएको हाे : केपी ओली

admin

काठमाडौं, असार २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताउनुभएको हो ।

ओलीले सदन सञ्चालन गर्न आफुहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्नुभयो । त्यस्तै उहाले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताउनुभयो ।

ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पार्नुभयो । यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने बिषयमा शीर्ष दलको बैठक बसेको थियो ।

प्रतिक्रिया