मिटरव्याजीसम्बन्धी कानूनलाई नयाँ ढंगले अघि बढाउँछौँ : सञ्चारमन्त्री शर्मा

admin

काठमाडौं, असार २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरव्याजीसम्बन्धी कानूनलाई नयाँ ढंगले अघि बढाइने बताउनुभएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री शर्माले मिटरव्याजीसम्बन्धी कानून सम्बन्धी अध्यादेश शुन्यको अवस्थामा पुगेको भन्दै यसलाई अव नयाँ ढंगले अघि बढाइने बताउनुभएको हो ।

यसको प्रक्रिया सदनको आगामी असार २९ गते बस्ने बैठकबाट नै सुरु हुने उहाको भनाइ छ । उहाले राष्ट्रियसभा पनि सहज रुपमा चल्ने भन्दै बजेट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले अहिले संसद खुलाउने नै महत्वपूर्ण बिषय भएको र प्रतिपक्षीले उठाएको बिषयलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको बताउनुभयो ।

प्रतिक्रिया