सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

admin

काठमाडौं, २७ असार : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । महासंघले बुधबार चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ ।

मंगलबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको हो

प्रतिक्रिया