जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

admin

काठमाडौं, असार २७ : जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाका बिरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

जुम्लामा अन्तरजातिय विवाह गरेको बिरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमुलक घटनाका साथै देशभर भएका जातिय विभेदका बिरुद्ध मोर्चाले खबरदारी गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले लडौं जात व्यवस्था विरुद्धको फाइनल म्याच, अपराधीलाई कारवाही गर, मलाई विभेद स्वीकार्य छैन, षडयन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया