अहिले सरकारमा सहभागी हुने कुनै योजना छैन : रवि लामिछाने

admin

काठमाडौं, असार २८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पार्नुभएको छ ।

बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै लामिछानेले अहिले पार्टी विस्तार लगाएत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेको भन्दै सरकारमा सहभागी हुने योजना नरहेको र पार्टी भित्र पनि कुनै छलफल नभएको बताउनुभएको हो ।

लामिछानेले सरकारमा जाने रेसमा पार्टी नरहेपनि सरकारको स्थायीत्वको पक्षमा रास्वपा रहेको जिकिर गर्नुभयो । उहाले पार्टीले आफ्ना निर्णयहरु स्वतन्त्र रुपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको बताउनुभयो ।

अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सवै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उहाको भनाइ छ । लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अव सत्तामा रहेका दलहरु नै विपक्षमा उभिन सक्ने उल्लेख गर्नुभयो । उहाले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दावी गरेको धारणा राख्नुभयो ।

प्रतिक्रिया