मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने रास्वपाकाे चेतावनी

admin

काठमाडौं, असार २९ : राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरव्याजबाट पीडित नागरिकको पक्षमा आफुरहेको भन्दै मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

शुन्यमा गएको उक्त बिधेयकलाई व्युताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा उभिने उहाले बताउनुभयो । उहाले मिटरव्याजसम्बन्धी प्रतिस्थापन बिधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको पनि बताउनुभयो ।

लामिछानेले सत्तापक्षका केहि दलहरुका कारण मिटरव्याजसम्बन्धी कानूनलाइ रोक्न खोजिएको चर्चा चलिएको भन्दै यसको पक्षमा र बिपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गर्नुभयो । सरकारले ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेश गरिएको थियो । तर सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्कृय भएको थियो ।

 

प्रतिक्रिया