काठमाडौं, असार ३० : नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी (हाईलेज) घाँस चीन निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा (हाईलेज) घाँस निर्यात सुरु भएको हो ।
चितवनको भरतपुरमा उत्पादित प्याकिङ् घाँस ‘हाईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गर्नुभयो । सो क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
व्यापार घाटा कम गर्ने र सफल रुपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उक्त अवसरमा हाईलेज पशु आहार लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीन तर्फ पठाईएको थियो ।
करीब ८० टन साईलेज चीनको सिगाचेमा पठाएको छ । करीब ३ बर्षको प्रयास पछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो । चिनिया व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाईलेज उत्पादन हुदै आएको छ ।