काठमाडौं, असार ३० : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ ।
लामो समय देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढ्न नसकेको भन्दै २५ हजार निर्धारण गर्नुपर्ने माग गर्दै ट्रेड युनियन कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले श्रमिकको न्यूनतम पारिश्रमिक बुद्दि गर, स्थानीय तहमा श्रमिकहरुको पञ्जीकरण गर, श्रम आयोगको गठन गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बिभिन्न बहानामा श्रमिकको न्यूनतम ज्याला बृद्दि हुन नसकेको भन्दै अव न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर्नुपर्ने बताउनुभयो ।
उहाले अहिलेको पारिश्रमिक पीडित भएको र श्रमिकको चूल्हो बल्न नसकेको भन्दै न्यूनतम पारिश्रमिक बृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । ट्रेड युनियन कांग्रेसले आफुहरुको मागका बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएको भन्दै माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।