शिक्षा क्षेत्रमार्फत नै मुलुकको विकास गर्नुपर्छ : सभामुख घिमिरे

admin

काठमाडौं, असार ३० : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रको बिकासमार्फत नै मुलुकको बिकास गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले यसअघि शिक्षा क्षेत्रको उचित बिकास हुन नसकेका कारण मुलुकपछि परेको भन्दै शिक्षा क्षेत्रको बिकासमार्फत मुलुकको बिकास गर्नुपर्ने बताउनुभएको हो ।

शिक्षा र शैक्षिक जनशक्तिको ठिक ढंगले बिकास गर्न सकेको मुलुकहरु धेरै अगाडी पुगेको उहाले बताउनुभयो । उहाले व्यवहारिक र गुणस्तर शिक्षाको आवश्यकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले शिक्षा क्षेत्रमा देखिएका मुद्धाहरुलाई सम्बन्धीत निकायका पुराउन महासंघले आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो । कार्यक्रममा बिभिन्न कलेजहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया