काठमाडौं, साउन ३ : सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाठौंका प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई पक्राउ गरिएको जानकारी दिए।
उनको विवरण भने केहीवेरमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। सिनामंगल पुल नजिकै रहेको खोटाङ हलेसी ज्वेलर्स नजिकै बु्धबार बिहान शंकास्पद वस्तु भेटिएको थियो। शंकास्पद वस्तु राखिएको स्थानमा नेपाल उत्थान क्रान्तिकारी नामक पार्टीको पर्चा समेत भेटिएको थियो।
अहिले शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोजल गरिरहेको छ। घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।