यस्तो छ आजको मौसम

admin

काठमाडौं, साउन ५ : हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ । मौसम विभागले जनाएअनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

यस्तै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया