काठमाडौंमा लघुवित्तपीडितहरूको प्रदर्शन

admin

काठमाडौं, साउन ७ : लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा काठमाडौंको माइतिघरदेखि भद्रकालीसम्म विरोध र्याली सहितको प्रदर्शन गरेका हुन् ।

उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सार्दे निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

आफुहरुको मागप्रति राज्य गम्भीर नभएका कारण राजधानी केन्द्रीत आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया