काठमाण्डौमा खोलाले बगाएर बालक बेपत्ता

admin

काठमाडौं, साउन ७ : काठमाण्डौको सामाखुसी क्षेत्रमा विष्णुमती खोलाले एक जना बालकलाई बगाएको छ ।

फुटबल खेल्ने क्रममा बल खोलामा पुगेको र बल लिन जाने क्रममा बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

बेपत्ता भएका बालक अन्दाजी १४/१५ वर्षका रहेका र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अहिले बालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया