एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा

admin

काठमाडौं साउन १० : राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ।

काठमाडौंको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेर विभागले ६६ कार्टुन ‘ब्रेक शु’ बरामद गरेको श्रोतले बताएको छ। त्यो ठाउँ यसअघि भन्डारण गरिएको क्षेत्र हो।

त्यहाँबाट विभागले विमानस्थलमा सुनसहित फेला पारेको ‘ब्रेक शु’कै जस्ता कार्टुनसहितका सामान बरामद गरेको छ। सुन राखिएको आशंकामा विभागले छापा मारेको हो।

यसैबीच विभागले तस्करहरुलाई गोदाम खोजिदिएको आरोपमा सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ। उनका बारमा विभागले केही कुरा खुलाएको छैन।

अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यस्तै विभागले व्यापारी राकेश अडुकियाको घरमा समेत आजै छापा मारेको छ।

प्रतिक्रिया