चौतारा–काठमाडौं अब विद्युतीय गाडी

admin

काठमाडौं, साउन १४ : सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ। सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो।

चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गरेका हुन्। पहिलो चरणमा १०/१० सिट यात्रु क्षमता भएको ४ बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार हाललाई चौतारा–काठमाडौंमा सञ्चालन भइरहेको अन्य माइक्रोबससरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रुपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ।

यात्रुले पानी, वाइफाई तथा क्युआर पेमेन्टको सुविधा पाउने उनले बताए। विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्ध खप्नु नपरेको यात्रु कृष्णप्रसाद धितालले बताए।

प्रतिक्रिया