निर्माण व्यवसायीहरुले घेरे प्रधानमन्त्री निवास बालुवाटार

admin

काठमाडौं, साउन १५ : निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका माग राख्दै निर्माण व्यवसायीहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् ।

असार मसान्तमा पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नभएको लगाएत बिभिन्न ९ बुदे माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

अत्यधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरु एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने महासंघको माग छ ।

उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने आफुहरुको माग रहेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।

सरकारले सुरुवात गरेको आयोजनाहरुको भुक्तानी समयमा नै नभएकाले हरेक बर्ष अतिरिक्त खर्च बढ्दै गएको उहाले बताउनुभयो ।

आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले यसअघि सबै प्रमुख राजनीतिक दलका नेताहरूलाई अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ । आफ्ना मागका बारेमा सरकार गम्भीर नभएको भन्दै महासंघले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

प्रतिक्रिया