अधिवक्ता भगवती पाण्डे पक्राउ

admin

काठमाडौं, साउन १७ : कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेका छन् । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।

उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया