Home

सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न दिएन : ओली

admin

काठमाडौं, साउन १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाउनुभएको छ ।

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दवाव दिएको आरोप लगाउनुभएको हो ।

उहाले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गर्नुभयो ।

सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उहाले बताउनुभयो ।

ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको उल्लेख गर्नुभयो । आफुहरु सरकारले बनाएको छानविन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड रहेको उहाले बताउनुभयो ।

अध्यक्ष ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुदा पनि कांग्रेसले केहि नबोल्नु अचम्म भएको बताउनुभयो । सुन तस्कारीको छानविन गर्न नसक्ने पारदर्शीताको कुरा गर्न नसुहाउने उहाले बताउनुभयो ।

 

प्रतिक्रिया