एमालेले चल्न दिएन राष्ट्रिय सभा, सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन माग

admin

काठमाडौं, साउन १८ : सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै नेकपा (एमाले) ले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

बिहीबार राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । सो क्रममा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले सत्यतथ्य छानविनका लागि उच्च स्तरीय समिति बनाएर संसद् राम्रोसँग चल्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सुन तस्करी प्रकरणलाई एमाले टुलुटुलु हेरेर बस्ने पक्षमा नरहेको भन्दै उहाले उच्चस्तरीय छानविन समिति नबनाएसम्म कार्यसूचीमा रहेका बिषयलाई अघि नवढाउन आग्रह गर्नुभयो । श्रेष्ठले पछिल्लो सुन तस्करी प्रकरणमा देखिएको घटनाक्रम हेर्दा सरकारका रहेका व्यक्तिहरुको संलग्नता र सेटिङ भएको देखिएको आरोप लगाउनुभयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफल र वार्ताबाट यस बिषयमा निकास निकाल्न सम्बन्धीत पक्षलाई आग्रह गर्नुभयो । उहाले सहज रुपमा बैठक सञ्चालन गर्ने वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरुले उठेर विरोध जनाएपछि उहाले साउन २२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया