यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौं, साउन १९ : नेपाल राष्ट्र बैंकले आज साउन १९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४१ पैसा र बिक्री दर १४५ रुपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

प्रतिक्रिया