शारदाको तीज गीत “सुनरी कसैमा” (खर्ककी चेली भाग २) बजारमा (भिडियो सहित)

admin

काठमाण्डौ: नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै स्थायी घर लमजुङ्ग भएकी लोकप्रिय गायिका शारदा रसाइलीले भर्खरै मात्र एउटा तीज गीत सार्बजनिक गरेकी छिन् उक्त गीत “सुनरी कसैमा” (खर्ककी चेली भाग २) रहेको छ ।

गायिका शारदाले पोहोर साल मात्रै “आउ नाचौं” (खर्ककी चेली भाग १) सार्बजनिक गरेकी थिइन् । उनि के पूर्व के पश्चिम सबै भूभागका गीत संगीतमा स्वर भर्ना माहिर छिन् । शारदाले गीत गाउनु मात्र होइन धेरै गीतहरुमा शब्द समेत कोरी सकेकी छिन् । यसर्थ पनि उनि निकै प्रतिभावान कलाकार हुन् ।

शारदा रसाइलीको पछिल्लो समय सार्बजनिक भएको तीज गीतमा उनि संगै नारायण दङ्गालको पनि सुमधुर स्वर सुन्न सकिन्छ । त्यसो त नारायण आफैमा कुशल संगीत संयोजक हुन् । यस गीतमा पनि उनैले संगीत संयोजन गरेका छन् । “सुनरी कसैमा” (खर्ककी चेली भाग २) बोलको तीज गीतलाई सरोज बिरही कार्कीले लय तथा शब्द सिर्जना गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा शारदा रसाइली, संचिता बोलाखे, साकार के सी, दिक्षा घिमिरे र शुस्मा मरटठाको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । शारदाको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला :

प्रतिक्रिया