ज्ञानेन्द्र मल्लले गरे क्रिकेटबाट सन्न्यासको घोषणा

admin

काठमाडौं, साउन १९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो ।

सन्यासको घोषणा गर्दै मल्लले राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिदा इमान्दारिताका साथ सतप्रतिशत दिने प्रयास गरेको भन्दै समग्रमा आफु निकै सन्तुष्ट रहेको बताउनुभयो । स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा क्रिकेटले जीवन, युद्ध संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको उहाले बताउनुभयो ।

मल्ले क्रिकेटमा पनि कुनै समय कसैलाई रिप्लेस गरेर नै आएको भन्दै अहिले अन्तर्रास्ट्रिय क्रिकेटको यात्रालाई विराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको जिकिर गर्नुभयो । सबै माझ चिनाउन सफल भएको र मानप्रतिष्ठा दिएको खेलबाट विदा लिन सहज नभएपनि यो यात्राको नयाँ अध्याय भएको उहाले बताउनुभयो ।

विगत केही समय यता ज्ञानेन्द्र नेपाली टोलीको प्लेइङ ११ बाट बाहिर रहनुभएको थियो । आफ्नो सन्यासलाई यस बिषयमा राखेर नहेर्न उहाले आग्रह गर्नुभयो । मल्लले नेपालका लागि खेलेको ३५ खेलमा ८५६ रन बनाउनुभएको छ भने टी–२० अन्तराष्ट्रिय खेलमा ८८३ रन बनाउनुभएको छ । मल्लले सन् २०१८ मा ज्ञानेन्द्रले एक दिवसीय अन्तराष्ट्रियमा नेदरल्याण्डविरुद्धको खेलमा डेब्यु गर्नुभएको थियो ।

प्रतिक्रिया