Home

सुन तस्करीको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानविन हो : प्रधानमन्त्री

admin

काठमाडौं, साउन १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताउनुभएको छ ।

शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराध जस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको र यो अहिलेसम्मको उच्चस्तरीय छानविन भएको बताउनुभएको हो ।

उहाले अव राजस्व अनुसन्धान बिभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलव्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण र छानविनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहुने बताउनुभयो । अनुसन्धानको प्रक्रियामा जोसुकै आएपनि अगाडी बढ्न निर्देशन दिएको भन्दै आफ्नै नाम आएपनि अनुसन्धान अघि बढाइने उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण दोषी कोहिलाई पनि नछाड्ने र निर्दोष कोहिपनि नपरुन भन्नेमा सचेत रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया