काठमाडौं, साउन २१ : संविधानमा लेखिएको मौलिक हकलगायत विषय कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् ।
टक सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको संविधन कार्यान्वयन–जनप्रतिनिधिको भूमिका बिषयक कार्यक्रममा उनीहरुले संविधान जारी भएको लामो समय हुँदा पनि मौलिक हकलगायत विषय कार्यान्वयनको प्रक्रियामा अघि बढ्न नसकेको भन्दै आपत्ती जनाएका हुन् ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेले संविधानमा लेखेका कुराहरु जनतामा हुवहु लागू गर्ने दायित्व राज्यको भएको बताउनुभयो । उहाले स्वास्थ्य, शिक्षा लगाएतका बिषयमा उल्लेख अधिकार कार्यान्वन नहुदा जनतामा निराशा छाएको धारणा राख्नुभयो ।
त्यस्तै कोशी प्रदेशसभा सदस्य भूपेन्द्र राईले संविधानमा बिभिन्न संवैधानिक आयोगहरु गठन गरेर सम्पूर्ण समस्याहरुलाई समाधान गर्ने व्यवस्था गरेपनि आयोगले पूर्ण रुपमा काम गर्न नसकेको बताउनुभयो ।
उहाले आयोग राजनीतिक भर्ति केन्द्र मात्रै हुने गरेको आरोप लगाउनुभयो । चूनाव आउदा घर घरमा बाटो बिजुली र अधिकारको आश्वासन पुगेपनि मतदानपछि पाँच बर्षका लागि हराउने गरेको उहाले बताउनुभयो ।
त्यस्तै गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनले कार्यान्वयन गर्न सक्ने कुराहरुलाई प्राथमिकतामा राखेर तीनै तहका सरकारहरुले काम अघि बढाउनुपर्ने र जनतालाई झुटो आश्वासन दिन नहुने बताउनुभयो ।