काठमाडौं, साउन २३ : चामलको कृत्रिम अभावको अनावश्यक हल्ला सृजना गरि भएको मुल्यबृद्धि नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार महासंघका सदस्यहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारलाई भेट्दै चामलको कृत्रिम अभावको हल्ला सृजना गरि भएको मुल्यबृद्धि नियन्त्रण गर्न र आपूर्तिलाई सहज बनाउनुपर्नेमा भन्दै ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै महासंघले किसानहरुले उत्पादन गरेको कृषिजन्य वस्तुमा बिचौलियाको कारण उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेकाले बिचौलियाको पहिचान गरि नियन्त्रण गरि किसानलाइ उत्पादनको सहित मूल्य उपलव्ध हुने वातावरण सिर्जना गर्नुपर्ने माग राखेको छ ।
त्यस्तै देशभर फैलिएको लम्की स्कीन रोग नियन्त्रणका लागि पहल गरि आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग राखेको अखिल नेपाल किसान महासंघ काठमाडौंका अध्यक्ष केवी घलले जानकारी दिनुभयो ।
त्यस्तै महासंघले किसानहरुलाई खेती गर्दा आवश्यक पर्ने मल, बिउबिजन र प्राविधिक सहयोग उपलव्ध गराई माटोमा हुने खेती प्रणालीको पहिचान गरि उचित व्यवस्था गर्नुपर्ने माग राखेको राष्ट्रिय जनमोर्चाका बागमती प्रदेश सदस्य रोशन दानीले बताउनुभयो ।