बिभिन्न कार्यक्रम गरि मनाइयो विश्व आदिवासी दिवस

admin

काठमाडौं, साउन २४ : २९ औं विश्व आदिवासी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइएको छ ।

पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौ, परम्परागत ज्ञान सिपको प्रवद्र्धन गर्दै पूख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गर्रौ भन्ने मूल नाराका नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस मनाएको हो ।

यस बर्ष संयुक्त राष्ट्रसंघको मूलनारा भने आत्म निर्णयका लागि परिर्वतनका सम्वाहक आदिवासी यूवा भन्ने रहेको छ । दिवसका अवसरमा महासंघ आवद्ध बिभिन्न संघ संस्थाहरुले काठमाडौंमा सांस्कृतिक र्याली निकालेका थिए ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

प्रतिक्रिया