एमालेले संसद् बन्धक बनाएको पुष्पा भुसालको आरोप, तत्काल सरकार परिवर्तन नहुने दाबी

admin

काठमाडौं, साउन २४ : नेपाली काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्दक बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा भुसालले सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै अवरोध गरेर एमालेले सदनलाई बन्धक बनाउन खोजेको आरोप लगाउनुभएको हो ।

त्यस्तै उहाले बाढि पहिरो तथा महङ्गीका कारण जनजीविकाको अवस्था दयनीय बन्दै गएका बेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्ने संसद अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंकाका उठिरहेको बताउनुभयो ।

भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गर्नुभयो । उहाले ललिता निवास देखि बिभिन्न बिषयका यसअघि कांग्रेसले पनि आवाज उठाएको तर केहिल्यै सदन अवरुद्ध नगरेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया