काठमाडौं, साउन २५ : नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
शर्मालाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको बुझिएको छ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शर्मा मेडिकल व्यवसायी हुन् ।
उनी काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् । उनलाई नियन्त्रणमा लिनुको कारण खुलेको छैन ।