काठमाडौं, साउन २५ : काठमाडौंको भोटाहिटीमा आगलागी भएको छ। भोटाहिटीस्थित ‘उल हाउस’ भएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रण गर्न नेपाली सेना, प्रहरी र स्थानीयहरू प्रयासरत रहेका छन्। काठमाडौं उपत्यकामा रहेका सबै दमकललाईसमेत बोलाइएको प्रहरीले जानकारी दिएको छ।