Home

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ आन्दोलित, यस्ता छन् संघर्षका कार्यक्रम

admin

काठमाडौं, साउन २५ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत कर्मचारीहरुले लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अगाडि नबढेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले २७ बर्षदेखि कर्मचारीहरुको बढुवा नभएको भन्दै सम्बन्धीत निकायमा जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले साउन २६ गते उपत्यकामा रहेका सवै कर्मचारीको भेला गराई कोणसभा गर्ने, साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाधेर काम गर्ने, साउन ३१ गते कालो पट्टी बाधेर १ घण्टा र साउन ३२ र भाद्र १ गते दुई घण्टा पेन डाउन गर्ने जनाएका छन् ।

शान्तिपूर्ण संघर्षकाबीच आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलनको घोषणा गर्ने संघकी अध्यक्ष सरस्वती केसीले बताउनुभयो । उहाले राखेपको ११६ औं बोर्ड बैठकको निर्णय अनुसार बढुवा प्रक्रिया अगाडि बढाईएपनि सरोकारवाला निकायले चासो व्यक्त नगरेको जिकिर गर्नुभयो । उहाले खेलकुद मन्त्रालयलबाट नै बढुवा प्रक्रिया राकिएको जिकिर गर्नुभयो । उहाले कर्मचारीहरुको बढुवा रोक्दा एशियन गेम्सको तयारी तथा प्रशिक्षण समेत रोकिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया