जातको आधारमा विद्वेष फैलाए मुलुकको अस्तित्व समाप्त हुन्छ : अध्यक्ष ओली

admin

काठमाडौं, साउन २५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले जातको आधारमा विद्वेष फैलाउने काम सफल भए मुलुकको अस्तीत्व समाप्त हुने बताउनुभएको छ ।

२९ औं विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले जातका आधारमा वा केहीका नाममा भावनामा बगाएर कसैले विद्धेष, घृणा र फाटो ल्याउन सफल भए देशको अस्तित्व समाप्त हुने बताउनुभएको हो ।

नेपालको आफ्नै विविधता भएको भन्दै उहाले विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताउनुभयो । उहाले सवै जात समूदाय धर्म र संस्कृतिको सम्मान गर्दै प्रदेशको नामाकरण गरिएको तर्क गर्नुभयो ।

समृद्ध नेपाल सुखि नेपाली सवै भुगोलमा बस्ने नेपालीहरुको लागि भएको उहाले बताउनुभयो । उहाले आदिवासी जनजाती समूदायको सूचिकृतका सम्बन्धमा देखिएका समाधान गर्नुपर्ने र सवैलाई पहिचानको अधिकार स्थापीत गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया