भोटाहिटीमा लागेको आगलागी नियन्त्रणमा

admin

काठमाडौं, साउन २५ : काठमाडौँको भोटाहिटीस्थित एक घरमा आज साँझ लागेको आगो करिब डेढ घण्टामा नियन्त्रणमा आएको छ।

स्थानीय राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको र दलमकलको सहयोगमा प्रहरीले आयो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए।

उनका अनुसार आगलागी राती ७ :५५ बजे शुरु भएको थियो भने सवा नौ बजेतिर नियन्त्रणमा आएको थियो।

काठमाडौँ र ललितपुरको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षति यकिन भइनसकेको बताइएको छ।

प्रतिक्रिया