काठमाडौं, साउन २६ : अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताउनु भएको छ ।
शुक्रबार दक्षिण एसियाली महिला मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको भन्दै कसैले रोक्न नसक्ने बताउनुभएको हो ।
महिला औद्योगिक पार्क अवधारणा सामान्य जस्तो लागेपनि दुरगामी महत्वको रहेको उहाले बताउनुभयो ।
उहाले नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशीएको र त्यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेकाले महिलाले मात्रै स्थीरता दिन सक्ने धारणा राख्नुभयो । ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उहाले यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाले सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुराउन सरकारले सहजीकरण गर्ने जिकिर गर्नुभयो ।