चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित

admin

काठमाडौं, २८ साउन : चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले विश्ववद्यालय, प्रतिष्ठान, सिटिइभिटी लर्गातको स्वायतत्तामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएका आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

उहाले चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा पठाउने शिक्षालय बन्द हुन पुगेको र आयोगले हस्तक्षेप गर्दा सिटिइभिटी मातहतका नर्सिङ कलेजहरु बन्द हुन पुगेको उल्लेख गर्नुभयो ।

आयोगले समयमा नै समाधानको उपाय ननिकाले स्वास्थ्यकर्मीहरुको अभाव हुन सक्ने उहाले बताउनुभयो ।

प्रतिक्रिया