नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रीत गर्छु : मन्त्री अनितादेवी साह

admin

काठमाडौं, २९ साउन : नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ ।

सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने र संविधानको व्यवस्था अनुसार काम गर्ने बताउनुभएको हो ।

उहाले पार्टीको रुपमा नभएर नागरिकले चूनेर पठाएको भन्दै संविधान अनुसार सुलभ सेवा प्रभाव गर्ने उल्लेख गर्नुभयो ।

त्यसअघि राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिनुभएको थियो । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुनुहुन्छ ।

 

प्रतिक्रिया