काठमाडौं, ३० साउन : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच लामो समयपछि छलफल भएको छ ।
पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटमा मुलुक र पार्टीको अवस्थाका बारेमा कुराकानी भएको नेता रावलले बताउनुभयो । उहाले अहिलेको अवस्थामा आ–आफ्ना सोच दृष्टिकोणका बारेमा पनि सामान्य कुराकानी भएको र पुन छलफल गर्ने योजना रहेको जिकिर गर्नुभयो ।
पार्टीको अध्यक्ष पार्टीको अध्यक्षसँग धेरै देश विदेशको विषयमा जानकारी र सूचना हुने भएकाले अहिलेकै अवस्थामा कुराकानी केन्द्रीत भएको उहाको भनाइ छ ।