घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

admin

काठमाडौं, ३१ साउन : आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सयमा कारोबार भईरहेको छ ।

आज तेजावी सुनपनि तोलामा १ सयले बढेर प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया