घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

admin

काठमाडौं, ३२ साउन : नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला आठ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया