सुनको मूल्य स्थिर , कतिमा हुँदैछ किनबेच?

admin

काठमाडौं, १ भदौ : आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज पनि असोही मूल्यमा कारोबार भईरहेको छ ।


आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ६ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार १ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ।

 

प्रतिक्रिया