काठमाडौं, २ भदौ : नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गरेर नागरिकलाई समृद्धिको पहुँचमा पुराउनुभएको बताउनुभएको छ ।
शनिबार कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताउनुभएको हो ।
उहाले गलत सूचनाको प्रवाहका लागि संगठीत रुपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य सावित गराउने खतरा विद्यमान भएकाले जनतालाई सरकारले गरेका सहि कुराको प्रचार गर्नुपर्ने बताउनुभयो ।
नयाँ पार्टीहरुले गरेका साना कुराको धेरै प्रचार हुने गरेको र कांग्रेसले गरेका धेरै महत्वपूर्ण कामहरुको प्रचार हुन नसकेको उहाले गुनासो गर्नुभयो । उहाले सिमित साधान स्रोतका कारण सवै स्थानमा बजेट बिनियोजन हुन नसकेको जिकिर गर्नुभयो । उहाले यसअघि केपी ओली नेतृत्वको सरकारको पालादेखि नै अव्यवस्थीत बजेट बिनियोजन गर्दा अहिले समस्या देखिएको तर्क गर्नुभयो ।
उहाले स्रोत सुनिश्चित नहुदा ठेक्का लगाउने प्रवृतिलाई अन्त्य गर्दै अनुशासनमा ल्याउन खोजिएको भन्दै फाइदा दिन नसकेको झोकमा केहिले विरोध गर्ने गरेको जिकिर गर्नुभयो ।