आजको मौसम: देशका यी स्थानमा हुने छ वर्षा

admin

काठमाडौं, ५ भदौं: आज मंगलबार देशभर सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया