काठमाडौं, ५ भदौं: चितवनको मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि सञ्चालनमा आएको छ ।
सोमबार राती करिब ८ बजेतिर खसेको पहिरो सडक डिभिजन भरतपुरले पन्छाएपछि सडक सञ्चालमा भएको हो । ठूलो पहिरो खसेपछि रातीदेखि सयौं सवारी साधन रोकिएका थिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी (सिडयो) भुपेन्द्र थापा नारायणगढ मुग्लिन सडकको पहिरो स्थलमा पुग्नुभएको थियो ।