काठमाडौं, ५ भदौं: नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको छैठौ बैठक मंगलबारबाट सुरु भएको छ ।
ललितपुरमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी खडा गर्नुको औचित्य पुष्टि हुदै गएको बताउनुभयो ।
उहाले बिगतको सन्दर्भमा जानु आवश्यक नरहेपनि विद्रोहबाट पार्टी निर्माणको औचित्यका बारेमा प्रष्ट हुनुपर्ने समेत बताउनुभयो । अध्यक्ष नेपालले पार्टी बैठकहरुको बारेमा बिधानले व्यवस्था गरेको भन्दै आवश्यकता अनुसार केन्द्रीय तहको बैठक बस्ने सक्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले केन्द्रीय सरकार, प्रदेश सरकार र सभामा पार्टीका सांसदहरुको भूमिकाको पनि समिक्षा हुन आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाले मुलुकको राजनीतिक अवस्था र पार्टी संगठनका बारेमा समेत प्रतिवेदनमा उल्लेख गरिएको जिकिर गर्नुभयो । राष्ट्र र जनताका सरोकारका बिषयहरुमा विचार मिल्नेहरुसंग हातेमालो गर्दै अघि बढ्न चाहेको उहाले बताउनुभयो ।
अध्यक्ष नेपालले अहिलेको अवस्थामा सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेकाले सोहिबमोजिम अघि बढ्न आह्वान गर्नुभएको छ ।
त्यस्तै अहिले पनि बहुदलीय जनवादको औचित्यका बारेमा प्रकाश पार्नुभएको छ । बैठकमा राजनीतिक परिस्थिति, सङ्गठनको पुनः गठन, आगामी महाधिवेशन लगाएतका बिषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ । बैठक भाद्र सात गतेसम्म चल्ने छ ।