न्यायपालिकाको जनआस्था खस्किन दिन्न : नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ

admin

काठमाडौं, ५ भदौ : नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफुले काम गर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोषा बढाउने र न्याय मर्न नदिने गरि आफुले काम गर्ने बताउनुभएको हो ।

उहाले छिटो छरितो न्याय दिने काममा न्यायापालिकालाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले उच्च मनोवलका साथ निर्भिक भएर काम गर्न आग्रह गर्नुभयो । त्यस्तै उहाले उच्च र जिल्ला रिक्त न्यायाधीशको नियुक्तिको पहल गर्ने पनि बताउनुभयो । आफु कामु प्रधानन्यायधिश हुदा सुरु गरेको रणनीतिक कामलाई निरन्तरता दिएर अघि बढाउने उहाको भनाइ छ ।

त्यसअघि मंगलबार नै उहाले राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको थियो । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनुहुनेछ ।

 

प्रतिक्रिया