काठमाडौं, ७ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण गर्नुभएको छ ।
बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसंग छलफल गर्दै सिंहदरबारको पश्चिम तर्फको भवनको निरक्षण गर्नुभएको हो ।
उहाले उक्त पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिनुभएको थियो ।