बैंक खाता ‘ह्याक’ गरी अनधिकृत रूपमा रकम चोरी गर्ने घटना बढ्दै

admin

काठमाडौं, ७ भदौ : काठमाडौं प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतरूपमा रकम चोरी गर्नेलगायत घटना बढेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार काठमाडौं पत्रकार सम्मेलन गर्दै पछिल्लो समय अपराधका स्वरुप बदलिन थालेको र आर्थिक अपराधका घटनाहरु बढ्न थालेको जनाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा पछिल्लो सात महिनामा दर्ता भएकामध्ये आर्थिक अपराधसँग जोडिएका मुद्दा ५० प्रतिशत बढी रहेको बैंकिङ कसुरका मात्रै चार हजार सात सय २३ उजुरी दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाले आर्थिक अपराधका घटनाहरु न्यूनीकरण गर्न सचेतना अभियानको पनि आवश्यकता देखिएको बताउनुभयो । कार्कीेले परिसरको नेतृत्व गरेसँगै फैसला कार्यान्वयनलाई पनि उच्च महत्व दिएको उहाँको भनाइ छ ।

परिसरमा माघदेखि साउनसम्म तीन सय ३२ घटनामा रु पाँच करोड ४१ लाख ६९ हजार सात सय ३२ बराबरको ठगी भएको निवेदन परेको उहाले बताउनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक कार्की बिहीबार नै जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालयमा रवाना हुनुभएको छ ।

 

प्रतिक्रिया