ओलीले सर्वदलीय बैठकमा एकीकृत समाजवादीलाई निषेध गरेः माधव नेपाल

admin

काठमाडौं, ९ भदौ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बामएकताका लागि केपी ओली बाधक रहेको आरोप लगाउनुभएको छ ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बामएकताका लागि पहल गरेपनि केपी ओली बाधक बनेको आरोप लगाउनुभएको हो ।

उहाले तत्कालिन नेकपा बिघटन भएपछि पनि आफुले नेकपालाइ पुन व्युताउने प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो । त्यस्तै अध्यक्ष नेपालले केपी ओली कै कारण आफुहरुलाई सुनतस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय छलफलमा निषेध गरेको जिकिर गर्नुभयो ।

राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै पार्टीलाई हेप्ने काम भएको भन्दै अध्यक्ष नेपालले अव पार्टीले केहि कदम चाल्ने संकेत गर्नुभयो । उहाले पार्टीलाई बलियो बनाउन र देशभर संगठन बिस्तार गर्न विद्यार्थी संगठनलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया