सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्छ : रवि लामिछाने

admin

काठमाडौं, ९ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।

शनिबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सार्वजनिक रुपमा दिइने अभिव्यक्तिले समाजलाई चोट नपुराउनका लागी संवेदनशील हुनुपर्ने बताउनुभएको हो ।

उहाले एक अर्काको धर्म संस्कारलाई आँच नआउने गरि दलका नेता तथा कार्यकर्ताले अभिव्यक्ति दिनुपर्ने उल्लेख गर्नुभयो । उहाले कुनै पनि बिषयमा समाजलाई सौहार्दपूर्ण वातावरणमा अघि बढाउन वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने जिकिर गर्नुभयो ।

सभापति लामिछानले संसदीय समितिमा प्रतिपक्षी दललाई लेखा समितिमात्रै दिन प्रचलन रहेपछि सहि ढंगले समितिलाई चलाउनका लागि रास्वपाको भूमिकालाई स्थापीत गर्न केहि समितिको सभापतिमा उम्मेद्वारी दिने बताउनुभयो ।

उहाले चितवनमा सुरु गरेका केहि कार्यक्रमहरुलाई सुधारका साथ अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । सभापति लामिछाने पार्टीले आयोजना गरेको जनतासंग सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएको हो ।

प्रतिक्रिया