‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियोमा सुनिल र बिनाले ठुम्का लगाए

admin

काठमाडौ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौको दरबारमार्ग स्थीत क्युज हलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा स्व. पुर्ण गुरुङको शब्द तथा संगीत रहेको छ ।

दिलिप समनद्धरा निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउत फिचर्ड छन् । ‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ गायक यम बरालले भिडियोको बारेमा बोल्दै टिमलाई नै शुभकामना दिए ।

उनले नेपाली गीत संगीतको पहिले र अहिलेको अन्तरका बारेमापनि बोलेका थिए । त्यस्तै कार्यक्रमका विशेष अतिथीहरु क्रमश: नेपाल पुलिसका एआइजी टेक तामाङ, चर्चित गायक कमल खत्री, एसियन म्युजिकका एमडी इश्वर गुरुङ, निर्देशक विभोर पोखरेल लगायतलेपनि गीतका बारेका बोल्दै सुनिल र बिनाको कामको तारिफ गरेका थिए । समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाले पनि म्युजिक भिडियोमा जोडिएका सबैलाई बधाई दिएकी थिइन् ।

कार्यक्रममा मोडल बिनाले भिडियोको बारेमा बोल्दै मेलाको फरक सेटमा पहिलो चोटि काम गरेको बताइन् । उनले सुटिङका रमाइला किस्साहरुपनि कार्यक्रममा सुनिएकी थिइन् । त्यस्तै भिडियोका मोडल सुनिललेपनि राम्रो काम गर्ने मेहेनत गरेको बताए ।

त्यस्तै कोरियोग्राफर रोशन विश्वकर्माले पनि बिनाको साथमा नन–डान्सर सुनिललाई डान्स गराउन गाहो हुदाहुदै सफल भएको बताए । निर्देशक दिलिपले भिडियोको बारेमा बोल्दै राम्रो काम निकाल्नका लागी बजेटका लागी आपन भएर काम गर्नु भनेकालेपनि कामको रिजल्ट राम्रो आएको बताए ।

निर्देशक दिलिपले सुनिल र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । गीतको भाव अनुसार एक मेलाको झझल्को दिन्छ यो म्युजिक भिडियोले । सुनिल र बिनाले मेलामा मज्जाले ठुम्का लगाएका छन् । यस भिडियोलाई दिलिपले निर्देशन गरेका हुन्, भने चिफ एसिस्टेन्ट निर्देशन सुनिल बुढाथोकीले गरेका छन् । त्यस्तै रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुमागाईको सिनेमाटोग्राफी रहेको छ, भने नहकुल खड्काको सम्पान रहेको छ ।

 

 

प्रतिक्रिया