राष्ट्रियताको प्रवर्द्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल

admin

काठमाडौं, १० भदौ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियताको प्रवद्र्धन र लोकतन्त्रलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपालको दोश्रो स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मुलुकलाई स्थीरताका साथ अघि बढाउन परिवर्तन र रुपान्तरणका साथै राष्ट्रियताको प्रवद्र्धन र लोकतन्त्रलाई बलियो बनाउने मिशनमा अघि बढ्न आग्रह गर्नुभयो ।

उहाले युवाहरुले स्वदेशमा नै अवसर नपाउदा लाखौ युवाहरु विदेशजान बाध्य भएकाले अहिले खेती गर्नेहरुको अभाव हुन थालेको जिकिर गर्नुभयो । यस्तो अवस्थामा सरकारले लिने नीति तथा कार्यक्रममा सहज गराउने जिम्मेवारी प्रेस जगतको भएको उहाले बताउनुभयो ।

अध्यक्ष नेपालले नेता तथा कार्यकर्तामा मात्रै सिमित पार्टीबाट केहि आशा गर्न नसकिने भन्दै नेकपा एकीकृत समाजवादीलाई जनता आधारीत कार्यकर्ता पार्टीको रुपमा अघि बढाउन चाहेको धारणा राख्नुभयो । त्यस्तै उहाले जनतामा चेतना र जागरण फैलाउदै जनताको समस्यामा आन्दोलन र जागरण गर्दै अघि बढ्न सके पार्टीलाई जनताले विश्वास गर्ने बताउनुभयो ।

प्रतिक्रिया